आदिमकालमा माता पार्वती हिमालयमा तपस्या गरी वरदान पाएर फर्कंदा दाहिने पाउ परेको स्थान अहिलेको यस पाथीभरा मन्दिर हो भन्ने किंवदन्ती पाइन्छ । उक्त समयमा माता पार्वतीको देब्रे पाउ ताप्लेजुङ (हालको पाथीभरा)मा परेको भन्ने कथन छ। तसर्थ, यस पाथीभरालाई बहिनी पाथीभरा (सानो पाथीभरा) पनि भन्ने गरिन्छ । विशेषगरी यस पवित्र स्थान वि.सं. २०३५ सालतिर डिल्लीराम पाठक (हाल बुधबारे झापाका एक तान्त्रिक व्यक्ति)लाई सपनामा देवीले त्यहाँ गएर मेरो शिलालाई पूजाआजा गर्नू भनी अह्राएकोले यस पाथीभराको विधिवत रूपमा स्थापना भएको मानिन्छ । पाथीभराको अर्थ पवित्र तीर्थस्थल हो, जहाँ भक्तजनहरूले पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
यस पाथीभरा उत्पत्तिको विषयमा साधुसन्तहरूको फरक तर्क रहेको पाइन्छ । उनीहरू वि.सं. १८२४ सालतिर एक साधुले आई चिम्टा गाडेर ध्यान गरेको स्थान हालको पाथीभरा हो भन्ने गर्दछन् । यसरी हेर्दा साधुसन्तहरू कुटी आश्रम बनाएर बस्ने गर्दथे । सोही कुटी शब्दकै आधारमा नजिकैको बस्ती ‘कुटीडाँडा’ भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसकारण पाथीभरा देवीको उत्पत्ति यसरी नै भयोे भनी यकिन गर्न सकिन्न । अरू पनि थुप्रै कथनहरू भेटिएका छन् जे भएता पनि यस पाथीभरा देवी शक्तिशाली देवी हुनुहुन्छ । भक्तजनहरूले पूजाआजा गरी इच्छा माग राख्दा पूरा हुने भएकोले यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। झापाको चारआलीबाट ३३ किलोमिटर उत्तर र इलाम सदरमुकामबाट ४८ किलोमिटर पूर्व, समुद्री सतहबाट १९५० मिटरको उचाइमा पर्ने रोङ गाउँपालिकामा पाथीभरा देवीको मन्दिर अवस्थित छ । यस मन्दिर क्षेत्रबाट झापाको फाँटदेखि भारतका विभिन्न ठाउँ हुँदै बङ्गलादेशसम्म र विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा हिमाल आँखाले नै सहजै देख्न सकिन्छ ।
हरियाली जङ्गलले ढाकिएको पहाडको शीरमा अवस्थित यस पाथीभरा मन्दिर प्राकृतिको अनुपम उपहारको रूपमा रहेको छ । घरी कञ्चनजङ्घाको चिसो हावा, घरी कुहिरोको निस्लोट अँध्यारोपन यस क्षेत्रको विशेष पहिचान बनेको छ । यस क्षेत्रलाई विभिन्न किसिमका सुनाखरी तथा जीवजन्तुहरूले थप सुन्दर बनाएका छन् । हरियाली जङ्गल, जीवजन्तु, सुनाखरी, फुलहरूका साथै चिसो हावापानीले गर्दा यहाँ पुग्ने जोकोहीले स्वर्गीय आनन्दको अनुभव लिन सकिन्छ । पाथीभरा माताको दर्शन गर्न जाँदा १०४१ सिँडीको बाटो ठाडो उक्लिनुपर्ने हुन्छ । त्यति धेरै सिँडी उक्लिनु कठिन भए पनि शारीरिक व्यायाम हुने भएकोले भक्तजनहरूलाई स्वास्थ्यको हिसाबले फाइदाजनक हुने देखिन्छ ।
सन्तान नभएकाहरूले यस देवीको दर्शन गरेमा सन्तान प्राप्ति हुने, नयाँ व्यापार सुरू गर्नेहरूले व्यापार व्यवसाय सफल हुने, साथै देउता तथा भूतप्रेत चढेका व्यक्तिहरू यहाँ आएपछि शान्ति भई ठीक हुने जनविश्वास रहेको छ ।पाथीभरा देवीको पूजा विधि :
क) गणेश मन्दिरको पूजा ।
ख) दुर्गा माता, काली माताको पूजा ।
ग) प्रमुख पाथिभरा माताको पूजा ।
घ) शिवको पूजा ।
ङ) धूप, बत्ती, दीप, नैवेद्य आदि ।
च) पुजारीद्वारा टीका तथा आशीर्वाद ग्रहण ।
यस पाथिभरा मन्दिरको मिति २०८१/०८/१ गते देखि २०८१/०८/३० गते सम्मको आम्दानी सार्वजनिक गरिएको सूचना । मंसिर महिनाको १ गते देखि ३० गते सम्ममा जम्मा दान, भेटी,गोप्य दान,शुभ विवाह, जिन्सी र अन्य आर्थिक सहयोगबाट प्राप्त जम्मा रु.१७,४३,५४९/- (अक्षेरुपी सत्र लाख त्रिचालिस हजार पाच सय उनान्पचास रूपैयाँ मात्र) काे जम्मा संकलन भएकाे छ । दाताहरु सबैलाई हार्दिक […]
Posted by Administratorसम्मान कार्यक्रम कार्त्तिक १७ शुक्रबार पाथीभरा मन्दिरलाई पबीत्र स्थलको रुपमा स्थापित गर्न अबिरल रुपमा सहयोग पुर्याउन खेल्नु भएको भुमिकाको उच्च कदर गर्न गाउपालिका सहयोग र पाथिभरा मन्दिर बिकास समितिको(पाथिभरा संरक्षण तथा व्यस्थापन समिति) आयोजनामा तपशिलको मिति, समय र स्थानमा सम्मान कार्यक्रम तय गरिएको जानकारी गराउदछौ। यस सुचनालाई सम्पुर्ण महानुभाब ज्युहरु सम्म पुर्याउन सहयोगको समेत अनुरोध […]
Posted by Administratorक) गणेश मन्दिरको पूजा । ख) दुर्गा माता, काली माताको पूजा । ग) प्रमुख पाथिभरा माताको पूजा । घ) शिवको पूजा । ङ) धूप, बत्ती, दीप, नैवेद्य आदि । च) पुजारीद्वारा टीका तथा आशीर्वाद ग्रहण ।
Posted by Administrator